‘भाग मिल्खा भाग’ मा सोनम कपुरले लिएकी थिइन् जम्मा ११ रुपैंँयाँ

मुम्बई : बलिउडमा हिरोइनले पनि हिरो बराबर रकम पाउनुपर्छ भन्ने कुरा उठ्न थालेको धेरै भइसक्यो । लामो समय यो माग मागमै सीमित थियो तर पछिल्लो समय भने अभिनेत्रीले निर्माताको सातो खाने गरी पैसा माग्न थालेका छन् । करिनाले ‘रामायण’ फिल्ममा सीता बन्न यसरी नै चर्को रकम मागेपछि त्यो समाचार नै बनेको थियो ।
इतबार मात्र पनि दीपिकाले आफ्नै श्रीमान् रनवीर सिंहलाई दिएजत्ति पैसा नदिएको भन्दै सञ्जयलीला भन्सालीको फिल्म ‘बैजु बाबरा’ छाडेको खबर छ ।
यसरी हिरोइनले हिरोको टक्करमा पैसा माग्न थालेको खबर सार्वजनिक भइरहँदा ‘भाग मिल्खा भाग’का निर्देशक राकेश ओमप्रकाश मेहराले भने अभिनेत्री सोनम कपुरले ‘भाग मिल्खा भाग’ खेल्न जम्मा ११ रुपैंयाँ लिएको बताएका छन् । उनले आफ्नो जीवनीमा यसको खुलासा गरेका हुन् ।
आखिर किन सोनमले यति कम पैसामा काम गर्न राजी भइन् त ? राकेशले लेखेका छन्, ‘ सोनम पनि फिल्मका लागि आफ्नो तर्फबाट सहयोग गर्न चाहान्थिन् । मिल्खाको जीवनी र भारत–पाकिस्तान विभाजन आदि कुरा राम्ररी भनिनु पर्छ भन्ने उनको मान्यता रह्यो । यो सोनम स्वयंले मागेको रकम हो ।’राकेशका अनुसार फिल्ममा लागि सोनमले ७ दिनको समय दिएकी थिइन् जसमा केही दृश्य र गीत थिए जसले फिल्मलाई मसालेदार बनाउन मद्दत गरे ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_2AYAhLv6Lg_yb0xuwjfljy3hss6ssoxktqtgo7s0tyqk7x8xsvclrkg3fecquhso8t7k7a7.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया