भूमि आयोग खारेजी गर्ने निर्णय बदरको माग गर्दै देवी ज्ञवाली सर्वाेच्चमा

काठमाडौँ - भूमि आयोग खारेजीको निर्णयविरुद्ध भूमिसम्बन्धी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले सर्वाेच्चमा रिट दायर गरेका छन् । ज्ञवालीले रिट दायर गर्दै उत्प्रेषण आदेशमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको निर्णय बदर गर्न माग गरेका हुन् ।
यसअघि शुक्रबार पनि सर्वाेच्चमा यससम्बन्धी रिट दायर भएको थियो । रिट दर्ता भइसकेको छ । रिटमाथि भोलिका लागि नै पेसी तोकिएको छ । 'रिट दर्ता भयो । भोलिलाई पेसी तोकिएको छ' सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले भने ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया