कोभिड १९ को संक्रमण बढ्यो, बाँकेमा ६ घण्टामा तीन जनाको मृत्यु

बुटवल - लुम्बिनी प्रदेशमा कोभिड-१९ बाट संक्रमण हुनेको संख्या बढिरहेको छ । जसका कारण विभिन्न जिल्लामा लकडाउन शुरु भएको छ । खासगरी लुम्बिनीका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा पनि संक्रमितहरूको संख्या बढेपछि लकडाउन गर्ने तयारी थालिएको छ ।
संक्रमितको संख्या ५ सयभन्दा बढी भएपछि ती जिल्लामा कडाइ गरिएको छ । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार, अर्घाखाँची जिल्लामा ६ सय ५२ जना कोभिड भाइरसका सक्रिय संक्रमित छन् । यता बाँकेमा ६ घण्टाको फरकमा ३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका 'फोकल-पर्सन' तेज ओलीका अनुसार, भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो ।
भेरीगंगा नगरपालिका-१० सुर्खेतकी ३९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । उक्त अस्पतालमा यही साउन ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोभिड पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका- १५ दाङका ४५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहान ८:३० मा मृत्यु भएको हो । भेरी अस्पतालमा यही साउन २१ गते पिसिआर परीक्षण गर्दा उनलाई कोभिड पोजेटिभ भएपछि भोलिपल्ट भर्ना भएका थिए । यसैगरी रोल्पा, लुंग्री गाउँपालिका वडा नम्बर ६ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा गत असार २८ गते भर्ना भएका उनलाई भोलिपल्ट पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो। योसँगै कोभिड संक्रमणबाट बाहिरी जिल्लाका ३ सय ८६ र बाँकेका ३ सय २२ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
बांकेका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो । महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ। सार्वजनिक यातायात निर्वाध सञ्चालन भइरहेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, रेष्टुरेन्ट, कटेजलगायतमा चाप अत्यधिक छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया