खोप लगाएकाबाट पनि सर्न सक्छ 'डेल्टा भेरिएन्ट'
काठमाडौँ-कोभिड–१९ महामारीका कारण विश्वभर करिब ४० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । खोप कार्यक्रम अघि बढिरहे पनि कोभिड महामारी नियन्त्रणमा आइसकेको छैन । त्यसमाथि झन् कोभिडको नयाँ भेरिएन्ट, 'डेल्टा'को प्रभाव पनि थपिएको छ ।
पछिल्लो समय 'डेल्टा'को असर व्यापक हुँदै गएपछि यसबारेमा अध्ययन पनि भइरहेको छ । बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्ड (पीएचई)ले पनि डेल्टामाथि अनुसन्धान गरेको छ । उसको प्रारम्भिक निचोड छ, खोप लगाइसकेका व्यक्तिबाट पनि खोप नलगाएका व्यक्तिबाट जसरी नै डेल्टा सर्नसक्छ । गत साता अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले पनि डेल्टाका विषयमा यस्तै धारणा सार्वजनिक गरेको थियो ।
‘सुरुवाती खोजका अनुसार डेल्टा भेरिएन्टबाट संक्रमित तर खोप लगाइसकेका र खोप नलगाएका संक्रमितमा भाइरसको स्तर समान हुने देखिएको छ । तर यस विषयमा अझैँ अध्ययन भइरहेको छ,’ पीएचईले विज्ञप्ती जारी गर्दै भनेको छ ।
पीएचईका अनुसार जुलाई १९ यता अस्पताल भर्ना भएका डेल्टाद्वारा संक्रमित बेलायतीमध्ये ५५.१ प्रतिशतले खोप नलगाएको र ३४.९ प्रतिशतले भने दुवै डोज खोप लगाएको पाइएको छ । बेलायतमा झन्डै ७५ प्रतिशतले खोप लगाइसकेका छन् ।
बेलायती तथा अमेरिकी वैज्ञानिकहरुले डेल्टाको प्रभावका विषयमा अध्ययन गरिरहे पनि उनीहरुको खोजीमा समावेश गरिएका नमूना संकलनको आकार सानो छ । यसैबीच कोलम्बियामा फेला परेको बी.१.६२१ नाम गरेको नयाँ भेरिएन्टका बारेमा पनि अनुसन्धान भइरहेको पीएचईले जनाएको छ । बेलायतमा मात्रै ३७ जना यो भेरिएन्टबाट संक्रमित भइसकेका छन् । रोयटर्सबाट

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया