अन्जु र रामकुमारको 'गुलेली मट्याङ्ग्रा’ बजारमा

काठमाडौं : गीतकार मणिराज बस्नेतले नयाँ गीत बजारमा ल्याएका छन् । नेपाली गीत/संगीतमा विकृति बढेको गुनासो बढिरहेका बेला उनले मौलिक गीत सार्वजनिक गरेका छन् । ‘गुलेली मट्याङ्ग्रा’ बोलको रोमान्टिक गीतमा रामकुमार नेपाली र अन्जु पन्तलाई सुन्न सकिन्छ ।
मणिराज गीत/संगीतमा निक्कै सक्रिय छन् । उनका यसअघि ‘हारे आज’, ‘माया पिरती’ लगायतका गीत लोकप्रिय भैसकेका छन् । सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक गायिकासँग काम गरिसकेका बस्नेतले यसपटक भने अन्जु पन्त र रामकुमार नेपालीसँग काम गरेका छन् । ‘स्याड सङ्’मा लोकप्रिय बस्नेत यहि गीत मार्फत पहिलो पटक रामान्टिक गीत लेखनमा देखिएका छन् ।
रामकुमार नेपालीले संगीत गरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मेनुका बस्नेतले निर्माण गरेको म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रियासा दाहाल र पुष्प खड्काले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियो सम्पादन विकास धमलाले गरेका हुन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया