राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा सेर्लिन चोपडाको बयान : शिल्पाले पनि मेरो कामको तारिफ गरेकी थिइन्

मुम्बई : एप्समार्फत पोर्न फिल्म बाँडेको आरोपमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रा समातिएको एक महिना भयो । त्योबीचमा प्रहरीले राज कुन्द्रादेखि शिल्पा सेठ्ठीसम्मको बयान लिइसकेको छ ।
यही क्रममा प्रहरीले राज कुन्द्राले फिल्म बनाउने प्रयोग गर्दै आएका अभिनेत्रीहरूको पनि बयान लिने क्रम सुरु गरेको छ । तर, पतिको व्यापारका बारेमा शिल्पा कति संलग्न थिइन् वा जानकार थिइन्, प्रहरीले खुलेर बोलेको छैन ।
जबकि शिल्पाले पतिको बचाउ गर्ने उद्देश्यसहित राजले पोर्न हैन इरोटिक फिल्म बनाएको प्रहरीमा बयान दिएकी थिइन् र उनले आफूलाई राजको व्यापारको विषयमा जानकारी नभएको पनि दाबी गरेकी थिइन् ।
तर, राजको पोर्नाेग्राफी फिल्मकी एक अभिनेत्री सेर्लिन चोपडाले प्रपर्टी सेललाई दिएको बयानमा शिल्पा राजको कामबारे पूर्ण जानकार रहेको बताएकी छिन् । टाइम्स अफ इन्डियाले छापेको समाचारअनुसार राजले सेर्लिनलाई शिल्पाले पनि उनको कामको तारिफ गरेको भनेर नग्न दृश्य दिन उत्साहित गरेको बताएकी थिइन् ।
‘सुटिङको दौरान मलाई हौस्याइयो । मैले गज्जब गरेको भन्थे र शिल्पाले मेरो फोटो र भिडियो हेरेर तारिफ गरेको पनि बताउँथे । जब तपाईं सिनियरबाट प्रशंसा पाउनुहुन्छ, तपाईंलाई गलत गरिरहेको जस्तो लाग्दैन । गरिरहेको काम झन् राम्रो गर्न चाहानुहुन्छ,’ सेर्लिनको बयानलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।
सेर्लिनले बयानमा सुरुमा आफूलाई एप ग्ल्यामर, फेसन र रमाइलोका लागि बनाइएको बताए पनि पछि सेमीन्युड र न्युड भिडियो खिच्ने गरिएको पनि बताएकी छिन् ।
उनले मुम्बईको क्राइम बेन्चलाई सबैभन्दा पहिले यो एपको बारेमा आफूले नै खबर गरेको पनि बताएकी छिन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया