काठमाडौँमा सोमबारदेखि यी केन्द्रमा लगाइन्छ अष्ट्राजेनिकाको खोप

काठमाडौँ- सोमबारदेखि (साउन २५ देखि २६) कोभिसिल्डको पहिलो डोज लगाएकाले अष्ट्राजेनिकाको खोप पाउने भएका छन् । काठमाडौँ जिल्लाको ११ स्थानीय तहमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको ३२, किर्तिपुर नगरपालिका १०, चन्द्रागिरी नगरपालिका १५, नागार्जुन नगरपालिका १०, तारकेश्वर नगरपालिका ११, दक्षिणकाली नगरपालिका ९, बुढानिलकण्ठ १३, टोखा नगरपालिका ११, गोकर्णेश्वर नगरपालिका ९, शंकरापुर नगरपालिका ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोपकेन्द्र रहेको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिकामा हकमा काठमाडौँमा ठूला अस्पतालमा पनि खोप लगाइने भएको छ । राधास्वामी आइसोलेसन सेन्टर बालाजु, शशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्पार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर र परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा खोप लगाइने भएको हो ।
यसअघि भेरोसेलको मात्रा लगाएकै खोप केन्द्रमा खोप लगाइने भएको हो । पहिलो मात्रा लगाएको खोप कार्ड लिएर जानुपर्नेछ । पूर्णरुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी खोप लगाउनुपर्नेछ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया