महंगो रकममा अनमोलले साइन गरे ‘एक्स ९’मा

काठमाडौं : आफ्नो ब्यानरबाट घोषणा भएको फिल्म अलपत्र छाड्दै अनमोल केसीले ‘एक्स ९’ खेल्ने सम्झौता गरेका छन् । आइतबार बिहानै उनले सम्झौता भएको फोटो सार्वजनिक गर्दै आफूले ‘एक्स ९’ खेल्न लागेको जानकारी गराएका हुन् ।
मल्टिस्टारर फिल्ममा अनमोल केसीसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, नविन लम्साल आदि कलाकारको अभिनय रहनेछ । फिल्मलाई ‘लप्पन छप्पन’ सिरिजका निर्देशक मुकुन्द भट्टले निर्देशन गर्दैछन् ।
५ करोड हाराहारी बजेटमा बन्ने लागेको यो फिल्ममा अनमोलले ७५ लाख हाराहारी रकम लिएको चर्चा छ । तर, अघिल्लो पटक सम्झौता गर्दाका बखत पारिश्रमिक खुलाउँदै आएका निर्माताले यो पटक भने रकम लुकाएका छन् । ‘कृ’मा २० लाख लिएयता अनमोलले कुनै फिल्म साइन गर्दा पारिश्रमिक मुख्य आकर्षण हुने गरेको थियो ।
नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा सुटिङ हुने फिल्मको तिहारपछि सुटिङ सुरु हुने निर्माण टिमले जनाएको छ । पुरुष कलाकारको जम्बो टोली रहने फिल्ममा प्रियंका थापा एक्लो हिरोइन रहनेछन् ।
फिल्ममा बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि अभिनय गर्ने चर्चा थियो । निर्देशक मुकुन्द भट्टले खबरको पुष्टि गरे पनि इकागजले सुनिल सेठ्ठीसँगको इमेल वार्तामा भने खबरमा सत्यता नभएको जवाफ दिएका थिए । ‘यस्तो कुनै कुरा छैन,’इकागजको मेलमा सुनिल सेठ्ठीले जवाफ दिएका थिए ।
इकागजलाई प्राप्त जानकारीअनुसार सुनिल सेठ्ठीलाई काम गराउन महंगो पर्ने भएपछि निर्माण टिमले अहिले सोनु सुदलाई लिने प्रयास गरिरहेको छ । मुकुन्द भट्टले ‘वार’ र लप्पन छप्पनका दुई सिरिज निर्देशन गरेका छन् ।
दोस्रो भाग भने कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन । ‘पारस’सँगै अनमोलले ‘माइतीघर २’ र ‘एन्टि हिरो’ पनि खेल्ने घोषणा गरेका थिए । तर, यी फिल्मको पनि सुटिङ कहिले हुने टुंगो छैन । योमध्ये ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण केही महिनाअघि मुम्बईमा निधन भएको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया