एक दिन पर सर्यो एमालेको बैठक

काठमाडौँ – पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारेको छ । आइतबारका लागि बोलाइएको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार अब स्थायी समिति बैठक साउन २५ गते बिहान ११ बजे र केन्द्रीय समिति बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्नेछ ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर बैठक एक दिन पर सारिएको र बैठकसम्म समस्या समाधान हुने विश्वास आफूलाई रहेको सचिव तामाङले बताए ।
प्रतिनिधि सभा विघटनको विषयलाई लिएर एमालेमा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवुकार नेपाल समूहबीच देखिएको विवाद अहिले चरमोत्कर्षमा पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया