काठमाडौँ र ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ : काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७ प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
यता ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यार्सागुम्बालगायतका जडीबुटीसहित पक्राउ
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट यार्सागुम्बालगायत जडीबुटीसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय तुला कामी रहेको बताइएको छ ।
उनको साथबाट ४१२ ग्राम यार्सागुम्बा र ६५० ग्राम सिलाजित तथा १०० ग्राम रातो केशरीजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमार्डौँ आउँदै गरेको ना ७ ख २१११ नम्बरको बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा झोलाभित्र लुकाई ल्याएको उक्त जडीबुटी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । रासस

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

प्रतिक्रिया