बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः दाहाल

मनाङ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, “यो सरकारको साथ तपाईंहरूलाई छ, तपाईंहरूको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।”
अध्यक्ष दाहालले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताए । उनले भने, “तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ । दीर्घकालीनरूपमा पनि हामीले योजना बनाउने छौँ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । (रासस)

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया