'अदालतको विषय आफ्नो सुविधा अनुसार व्याख्या गर्न हुँदैन'

काठमाडौँ - संविधानविद् डा. विपिन अधिकारीले नेपालका केही कानुनी पण्डितहरूले सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या गरेको आरोप लगाएका छन् । ‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हाँस्यास्पद र आफू अनुकुलको व्याख्या हो,’ संविधानविद डा. अधिकारीले भने ।
संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या गरिरहेका छन् । यो दुर्भाग्य पूर्ण छ भन्दै उनले भने , ‘अदालतको विषय आफ्नो सुविधा अनुसार व्याख्या गर्न हुँदैन ।’
सर्वोच्चले संसदलाई ह्वीप नलाग्ने भनेर फैसला नगरेको उनले बताए । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘दलको ह्वीप लागेन भने संसद पनि चल्दैन र संसदीय व्यवस्था पनि टिक्दैन । यस्तो निर्णय गरेको होइन । फैसला हेर्नु । कुन सन्दर्भमा कस्तो निर्णय लिएको छ ।’
अदालतले सांसदहरूलाई दलको ह्वीप लाग्दैन भन्नै सक्दैन भन्दै उनले भने, ‘अदालतले राजनीतिक दलसम्वन्धी कानुन हेर्दैन र ?’ देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरू राष्ट्रपति समक्ष जाँदा पार्टीले ह्वीप जारी नगरेको पाटोबाट पनि केलाउन आवश्यक रहेको उनको भनाइ छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया