जापान सरकारबाट अनुदानित ५,४८,००० डोज खोप काठमाडौं आइपुग्यो (फोटो फिचर)

काठमाडौँ– जापान सरकारको अनुदानमा प्राप्त १६ लाख डोज खोपमध्ये शनिबार ५ लाख ४८ हजार डोज खोप काठमाडौं आइपुगेको छ ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त खोप स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेल, परराष्ट्र मन्त्रालयका उत्तरी एसिया मामिला हेर्ने सहसचिव लोकबहादु थापा, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)का प्रतिनिध र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराओ पाण्डवको उपस्थितिमा हस्तान्तरण गरेका छन् ।
जापान सरकारले आइतबार थप २ लाख ५२ हजार डोज खोप पठाउँदैछ । जापानले कोभ्याक्स फेसेलिटी अन्तर्गत नेपाललाई अनुदानमा खोप उपलब्ध गराएको हो । जापानी विदेश मन्त्री मोतेगी तोसिमिस्तुले असार २९ मा नेपाललाई १६ लाख अष्ट्रोजेनेका खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
शनिबार प्राप्त र आइतबार आउन लागेको समेत गरी जापानले प्रतिवद्धता गरेकोमध्ये आधा खोप नेपालले प्राप्त गर्नेछ । खोप हस्तान्तरण गर्दै राजदूत किकुताले ‘जापानी जनताने नेपालसँगको मित्रता स्वरूप खोप पठाएको’ बताए ।
उनले जापान सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको खोप अभियानलाई जापान सरकारले सहयोग गर्ने पनि उल्लेख गरे । उनले कोभिड–१९ पछि नेपालको आर्थिक सामाजिक उन्नयनका लागि जापान सरकारले सधैं सहयोग जारी राख्ने बताए ।
‘अन्तर्राष्ट्रिय समुदायको उदार सहयोगले हामी कोभिड–१९ का कारण उत्पन्न कठिनाइहरू न्यूनीकरण गर्दै जनजीवनमा सहजतातर्फ प्रवेश गर्नेछौं,’ उनले भने ।
जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा मेडिकल उपकरण लगायत विविधि सहयोग प्रदान गर्दै आएको छ । राजदूत किकुताले कोभिड महामारीबाट मुक्त हुन नेपाललाई सहयोग जारी राख्ने बताएका छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया