मेस्सीसँग सहमति भएको छैन: पीएसजी

काठमाडौँ- खालिद बिन हमाद बिन अल थानी कतारी राष्ट्रध्यक्ष शेख तमिन बिन हमाद अल थानीका भाई हुन् । फ्रोन्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को स्वामित्व कतारी शाही परिवारसँग छ । त्यसकारण शाही परिवारका सदस्यहरूले पीएसजीको क्रियाकलापमा ध्यान दिने गर्छन् । गत शुक्रबार मात्रै, खालिदले पीएसजीले लियोनल मेस्सीसँग स्थान्तरणका लागि सहमति भइसकेको दाबी गरे ।
बार्सिलोनासँगको सम्झौता गत जुन ३० मा सकिएपछि मेस्सी फ्रि-एजेन्ट बनेका छन् । बार्सिलोनाले पन उनीसँग नयाँ सम्झौता नहुने प्रष्ट पारिसकेको छ । यस्तोमा मेस्सी पीएसजीसँग आबद्ध हुने हल्ला चलिरहेको छ । यही हल्लालाई बल पुग्ने अभिव्यक्ति दिए, खालिदले ।
तर खालिदको दाबीलाई पीएसजीले इन्कार गरेको छ । शनिबार विज्ञप्ती जारी गर्दै पीएसजीले भनेको छ, मेस्सी वा उनको प्रतिनिधिसँग कुनै प्रकारको सहमति भएको छैन ।
पीएसजीले मेस्सीसँग सहमति नभएको दाबी गरिरहे पनि अर्जेन्टिनाका कप्तानको अबको गन्तव्य पेरिस नै रहेको अनुमान गरिएको छ । ढिलो चाँडो पीएसजीले मेस्सीसँग सहमति गर्ने युरोपेली सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया