देउवाको भाइबर ग्रुपमा राखिएको सन्देश !

काठमाडौँ– शनिबार बिहान ११ः४१ मा प्रधानमन्त्री शेरबहादुर देउवाको भाइबर ग्रुपमा एउटा सन्देश पोष्ट भएको छ । जसमा देउवाको शैक्षिक योग्यता र प्राज्ञिक उपलब्धिबारे जानकारी दिन खोजिएको छ । तर सन्देशमा केही शब्द अशुद्ध छन् । जस्ताे कि इकोनाेमिक्सलाई 'इकनिमिक्स' लेखिएको छ । मुलुकको प्रधानमन्त्रीको सचिवालयमा काम गर्नेहरूबाट त्यस्तो गल्ती हुनुले प्रधानमन्त्री देउवा समाजमा हाँसोका पात्र बनेका छन् ।
देउवाको छवि उजिल्याउने भन्दै अहिले सामाजिक सञ्जाल (सोसल नेटवर्किङ साइट्स) मा देउवाको बारेमा बनाइएको श्रव्यदृश्यदेखि देउवासम्बन्धी जानकारी दिने विभिन्न सन्देशहरू विभिन्न माध्यमबाट राख्ने काम भइरहेको छ । केही दिनअघिदेखि देउवाका सम्बन्धमा ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने...’ भन्ने भिडियो सन्देश राखिएको थियो ।
जसको पार्टीभित्रै महामन्त्री पूर्णबहादुर खड्कादेखि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासम्मले विरोध गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया