पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले शनिबार बिहान अस्पताल परिसरमा सफाई गरेको हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरूले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका संयोजक सञ्जीव राईले जानकारी दिए । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सूरु गरिएको हा,’ उनले भने, ‘यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरूको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’
पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा संचालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पु¥याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए । अभियानमा असंगठित अवस्थामा रहेका युवाहरुलाई पनि स्वयमसेवी रुपमा परिचालन गरिनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया