गायक एड सिरन इंग्लिस क्लब इप्सविचका नम्बर १७

काठमाडौँ- एड सिरन लोकप्रिय इंग्लिस गायक हुन् । अनि इप्सविच टाउन एफसी इंग्लिस क्लब । यी दुईबीच नाता छ । त्यो के भने सिरन सानैदेखि इप्सविचका समर्थक हुन् । नयाँ सिजनका लागि सिरनलाई इप्सविचले जर्सी पनि छुट्याएको छ । के सिरनले इप्सविचका लागि खेल्न लागेका हुन् ? होइन ।
इंग्लिस फुटबलमा तेस्रो श्रेणीको लिग खेल्ने इप्सविचको जर्सी आयोजक बनेका छन्, सिरन । त्यही भएर ग्रामी विजेता सिरनका लागि जर्सी छुट्याइएको हो, प्रेमपूर्वक । सिरन इप्सविचका महिला तथा पुरुष टोलीले लगाउने जर्सीको प्रायोजक बनेका हुन् ।
नयाँ सिजनका अगाडि हुने फोटो सेसनमा पनि सिरन सहभागी हुनेछन् । इप्सविचका खेलाडीहरूसँग १७ नम्बर जर्सी लगाएर फोटो खिचाउनेछन् । त्यो पनि जर्सी लगाएरै ।
‘यो आइडिया इप्सविच कै हो । सुरुमा त उनीहरू मजाक गरिरहेछन् जस्तो लागेको थियो । तर होइन रहेछ । जे होस नयाँ सिजनका लागि हामी सबै उत्साहित छौँ । आशा छ हामी यसपटक च्याम्पियनसिपका लागि बढुवा हुनेछौँ । म पनि खेले भने चाँहि बढुवा हुन गाह्रो छ । त्यसकारण म खेल्दिन,’ सिरनले भनेका छन् ।
इप्सविचले सिरनका लागि १७ नम्बर नै किन रोज्यो त ? किनभने उनले एक कन्सर्टमा १७ नम्बरको जर्सी लगाएका थिए । त्यहीबाट इप्सविचले सोच्यो सिरनका लागि १७ नम्बरको जर्सी नै उपयुक्त हुनेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया