सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

प्रदेशसभा सदस्यलाई बन्दी बनाउने घटना नेपाली राजनीतिमा धब्बा : माओवादी

काठमाडौँ - सत्तारुढ दल माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमणको एक देखिँदो उदाहरणको रुपमा लिएको छ । यस्ता घटनाले मुलुकको लोकतन्त्रिक शक्तिलाई नै लज्जित बनाएको निश्कर्ष समेत माओवादीको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै निवासमा बन्धक बनाएको बताएकी थिइन ।  तत्कालिन नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेलगत्तै उनलाई जबरजस्ती मुख्यमन्त्री पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको बताएकी थिइन ।

त्यतीमात्र होइन बन्धक बनाउँदै  एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र साउन २० गते आफू त्यहाँबाट भाग्‍न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन नै गरेकी थिइन् । यद्यपि एमाले र प्रदेश सरकारले उनको धारणाको खण्डन भने गर्दै आएको छ । 

‘प्रदेशसभा सदस्यलाई बन्दी बनाउने घटना नेपालको  राजनीति, लोकतन्त्र, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो,’  स्थायी समिति बैठकमा निर्णय भएको छ,‘हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’

यस्तो निकृष्ट र हदैसम्मको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राजनीतिमा अपराधीकरणको संज्ञाको रुपमा समेत माओवादीले विश्लेषण गर्दै लोकतान्त्रिक अभ्यासमा आएको दलले यस्तो हर्कद गर्न नहुने भन्दै यस्तका कार्यलाई निरुत्साहित गर्न सै पक्षलाई माओवादीले अपिल समेत गरेको छ ।