सञ्चालकले नै बैंकलाई फसाउन खोजेपछि ...

काठमाडौँ– बैंकका सञ्चालक नै बैंकलाई फसाएर सेयरबाट कमाउने खेलमा लागेपछि सेञ्चुरी कमर्सियल बैंकको व्यवस्थापन त्यसबाट हैरान भएको छ ।
व्यवस्थापन उच्च स्रोतका अनुसार बैंकका सञ्चालकहरू रमेशकुमार निरौला, मनबहादुर राई र सुनिलकुमार न्यौपानेले बैंकको व्यवस्थापनलाई प्रिमियर इन्स्यारेन्समा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर उठाउन निर्देशन दिएका थिए ।
निरौलाको संयोजनमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला बैंकमै आएर लगानी समितिसँग गोप्य बैठक गरी खरिद बिक्रीको योजना बनाएको बुझिएको छ ।
बैंकको सञ्चालक समितिले व्यवस्थापनलाई नागरिक लगानी कोषको १ लाख ३ हजार सात सय कित्ता संस्थापक सेयर प्रतिकित्ता १ हजार तीन सय ५० रूपैयाँले किन्न निर्देशन दिएको दुई दिनपछि प्रियिमरले गत वर्ष चैत ११ नागरिक लगानी कोषको संस्थापक समूहको सोही परिमाणको सेयर लिलामीमा निकालेको थियो ।
२७ करोडको सेयर डिलमा बैंकलाई फसाउने स्पष्ट नियत देखिएको भन्दै व्यवस्थापन अवाक् भएको थियो । बैंकमा सञ्चालकहरूले नै बैंकिङ्ग गर्न थालेपछि उक्त हस्तक्षेप बैंकका सीईओको राजीनामाबाट प्रकट भएको सेञ्चुरी बैंक व्यवस्थापन उच्च स्रोतको दाबी छ ।
निरौला, न्यौपाने र राई प्रिमियर इन्स्यारेन्सका लगानीकर्ता पनि हुन् । नेको र प्रिमियर इन्स्यारेन्स दुवैतिर लगानी रहेका निरौला नेको इन्स्यारेन्सबाट सेञ्चुरीमा सञ्चालक बन्न आएका हुन् । उनी नेको इन्स्योरेन्सको अध्यक्ष छँदा तिमिला नेको इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । यसरी निरौलाले अन्य दुई सञ्चालकलाई समेत हात लिई तिमिलासँग मिलेर आफ्नो बेच्नुपर्ने सेयर बैंकलाई भिडाएर करोडौं रुपैयाँ हात पार्ने योजनाका विषयमा विवाद बढ्दै जाँदा गत यही असारको २० गते कार्यकालको मध्यतिर सीईओ तुलसीराम गौतमले राजीनामा दिएका थिए ।
अन्य सञ्चालकहरूको पनि स्वार्थ बाझिने गतिविधि बैंकको व्यवस्थापकीय काममा विभिन्न रूपमा प्रकट भैरहेको बुझिन्छ । निरौलाले सेञ्चुरी बैंकको अधिकांश बीमा नेको इन्स्यारेन्समा गराउन लगाएका छन् । जबकी उनी सेञ्चुरीमा सञ्चालक बन्न आउनुअघि नेकोमा अध्यक्ष थिए । त्यस्तै, अर्का सञ्चालक न्यौपानेको शेयर ब्रोकर कम्पनीमा पनि लगानी रहेको बुझिएको छ । उनले राष्ट्र बैंकको निर्देशनको उल्लंघन हुनेगरी अत्याधिक सेयर कर्जा उपभोग गरेका छन् ।
बैंकका अर्का सञ्चालक राईले सेयर कारोबारका लागि विभिन्न व्यक्तिका नामममा ५०० भन्दा धेरै खाता खोलेका छन् । उनी सगरमाथा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत छँदा विभिन्न व्यक्तिका नाममा कर्जा बुक गरी झण्डै १२ करोड रुपैयाँ आफैंले प्रयोग गरेको आरोप लाग्दै आएको छ । उनको समयमा एकाएक फाइनान्सको खराब कर्जा १२ करोड रुपैयाँ पुगेको थियो । उनले कर्जा दुरुपयोगको पोल खुल्ने डरले कर्जा निकासा गर्ने मानभवन शाखामा आफू अनुकुलका कर्मचारीमात्र पठाउन फाइनान्सको व्यवस्थापनलाई दबाब दिने गरेका छन् ।
विभिन्न वित्तीय संस्थामा सञ्चालक र व्यवस्थापनको उच्च तहमा काम गरिसकेका सञ्चालकहरूले सेञ्चुरी बैंकको व्यवस्थापनलाई आफ्नो स्वार्थ अनुरूप निर्णय लिन दबाब दिदैं आएपछि व्यवस्थापन र सञ्चालकबीच विवाद बढ्दै गएको बताइएको छ ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया