६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप : मुख्यमन्त्री पोखरेल

दमौली- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताएका हुन् ।
६ महिनाभित्र प्रदेशका सबै जनतालाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलको भनाइ छ । प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उनले भने, 'मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, अन्त पनि खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।'
मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरे पनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताए । 'बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन,' उनले भने, 'पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।' कोभिडको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उनको दाबी छ ।
मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढी पहिरोबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए । तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिन उनले आग्रह गरे । रासस

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया