थप ३ हजार ७ सय २९ जनामा कोभिड संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ - नेपालमा शुक्रबार थप ३ हजार ७ सय २९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ९३ पिसिआर परीक्षणका क्रममा २ हजार ४ सय ३० र ६ हजार १ सय ८२ एन्टीजेन परीक्षणका क्रममा १ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै संक्रमितको कूल संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार १९ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १८८५ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३४ हजार ९४२ सक्रिय संक्रमित आइसोलेसनमा र ३५६ जना क्वारेन्टिन छन् । हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ वटा पिसिआर र ३ लाख ४९ हजार ५४३ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया