खोपका लागि ९३ करोड अग्रिम भुक्तानी लिएर निदाएको भारत

काठमाडौँ- छिमेकी राष्ट्र भुटानले सहयोग गरेको कोभिड-१९विरुद्धको अष्ट्राजेनिका खोप शुक्रबार बिहान ल्याइएको छ । जापानले दिने खोप आइतबारसम्ममा आइसक्ने जापानी दूतावासले जनाइसकेको छ । जापानले केही दिन अघि १६ लाख खोप दिने घोषणा गरेको थियो । पहिलो चरणमा आठ लाख खोप आउने भएको हो ।
योसँगै १३ लाख बढी नागरिकले कोभिसिल्डको पहिलो डोज लगाएर बसेकाले दोस्रो डोज लगाउने सुनिश्चितता बनेको छ । नेपालमा कोभिसिल्ड खोप माघको दोस्रो सातादेखि लगाउन सुरु गरिएको थियो । सुरुवातीमा फ्रन्टलाइनर, सफाइकर्मी र सुरक्षाकर्मीले लगत्तै ज्येष्ठ नागरिकले समेत खोप लगाएका थिए ।
मुलुकमा कोभिडविरुद्धको खोप लगाउँदा सरकारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली थिए । भारतले अनुदानस्वरुप सिरम इन्स्च्युटबाट उत्पादित १० लाख कोभिसिल्ड खोप दिएको थियो । एउटा छिमेकी मुलुक भारतले उदार भएर खोप दिएपछि नेपालले खोप खरिदको प्रस्ताव गर्यो । लगत्तै सहमति खोप खरिदको सहमति पनि जनाएको थियो ।
२० लाख डोज खोप प्रति खोप ४ डलरमा किन्ने गरी सम्झौता भएको थियो । खरिद सम्झौता भएको सात महिना भइसकेको छ । खोप खरिद गर्न ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । तर, महामारीमा खरिद गरेको खोप भारतले पठाएन अर्को छिमेकी मुलुक भुटानले भने नेपाललाई निशुल्क उपलब्ध गराएको छ । अन्य देशबाट खोप आइरहेको भए पनि भारतले भने रकम लिएर पनि अझै खोप दिएको छैन ।
२० लाख डोज खोप खरिद गर्ने सम्झौता भएपछि नेपाल सरकारले नागरिकलाई खोप लगायो । सम्झौताअनुरुप खरिद गरेको १० लाख खोप नेपालले ल्यायो तर बाँकी १० लाख डोज खोप भारतले निर्यात गर्न अनुमति दिएन । भारतमा कोभिड संक्रमण तीव्र रुपमा फैलिएकाले सन् २०२१ सम्ममा खोप निर्यातमा रोक लगायो ।
पछिल्लो समय विभिन्न मित्रराष्ट्रले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने अभियान जारी छ । अमेरिकाले यसअघि १५ लाख बढी जोनसन एण्ड जोनसन कम्पनीको जान्सिन खोप प्रदान गरिसकेको छ । नागरिकले अहिलेसम्म खरिद गरेको खोप भन्दा अनुदानकै खोप लगाइरहेका छन् ।
असfर २८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेपछि ओलीको सरकार ढलेको थियो । अदालतको आदेशपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भए । स्वास्थ्य मन्त्रालयले खोप खरिद प्रक्रिया अघि बढाए पनि ओली सरकारले खरिद गरेको खोप देउवा सरकारलेसमेत ल्याउन नसक्दा भारतबाट ल्याइने खोप अनिश्चितता बन्दै गएको छ ।
स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक तिहाइ नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने घोषणा गरे । तर, उनको प्रतिबद्धता अधिकांश खोप कार्यक्रममा अनुदानमा भर परेको छ । श्रेष्ठले १०० दिने घोषणा कार्यक्रममा भारतमा खरिद गिरएको खोप असोजसम्ममा ल्याइने बताएका थिए । उनले घोषणा गरे पनि भारतले खोप दिने सुनिश्चितता गरिसकेको छैन ।
खरिद गरेको विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका डा. झलक शर्माले बताए । 'सरकारले चाहेर खोप नल्याएको होइन तर, खोप निर्यातकर्ता मुलुकले खोप नपठाएकाले आयात हुन सकेको छैन,' उनले भने ।
मन्त्रालयको तर्फबाट खरिद गरेको खोप आयात गर्न विभिन्न माध्यमबाट वार्ता भइरहेको डा. शर्माले बताए । खरिद गरिएको खोप ल्याउन वैकल्पिक माध्यम प्रयोग गरिरहेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयद्वारा खरिद गरिएको खोप आयात गर्न कूटनीतिक पहल गर्न परराष्ट्रलाई पनि आग्रह गरिएको उनले जानकारी दिए ।
भारतस्थित नेपाली दूतावासले खरिद गरेको खोप आयात गर्न विभिन्न माध्यमबाट पहल गरिरहेको छ । दूतावासले खोप निर्माता कम्पनी र सरकारसँग वार्ता गरिरहेको छ ।
भारतस्थित नेपाली दूतावासका प्रतिनिधिले खरिद गरेको खोप ल्याउनलाई पहल गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । परराष्ट्रले भारतसँग गर्नुपर्ने सम्पूर्ण कूटनीतिक तहका वार्ता भारतस्थित नेपाली दूतावासले गरिरहेको उनले जानकारी दिइन् ।
'खरिद गरी रोकिएको खोप अड्किएकाले आयात गर्ने सम्पूर्ण जिम्मा दूतावासलाई दिएको छ,' लम्सालले भनिन्,'खरिद गरिएको नेपाल भित्र्याइने गरी काम भइरहेको छ ।'
यो पनिः
कोभिडविरुद्धको खोप ल्याउन निजी क्षेत्रले इच्छा देखाएनन्

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया