बैंकको नाफाबारे पूर्व अर्थमन्त्रीहरूबीच चर्काचर्की

काठमाडौँ - वाणिज्य बैंकहरूको निक्षेप र ऋणमा लाग्ने ब्याजदरबीचको अन्तर (स्प्रेडदर)बीच पूर्व अर्थमन्त्रीहरूबीच मत बाझिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकलाई सुझाव दिने विषयमा अर्थ समितिमा भएको छलफलमा उनीहरूबीच चर्काचर्की नै भयो ।
पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले बैंकले दिने ऋणमा ठूला व्यापारी र सहरका हुनेखाने वर्गको मात्रै पहुँच बढेको भन्दै बैंकको नाफाबारे पुनर्विचार गर्नुपर्ने सुझाव राखे । उनले भने, 'गरिब तथा साना व्यवसायी लाभान्वित नहुने तर ठूला व्यापारिक घरानालाई मात्रै पोस्ने गरी ऋण प्रवाह हुँदा लक्षित वर्ग उकासिन सकिएका छैनन् । त्यसले बैंकले राख्ने निक्षेप र दिने कर्जाको ब्याजदरबीचको अनुपात घटाउने होकी ?'
बैंक-बैंकबीचमै ऋण यताको उता पार्ने खेल भइरहँदा लक्षित वर्गले कर्जा नपाएको उनको भनाइ छ । उनले बैंकहरूले 'म ढाड कन्याउछु, तिमी सुमसुमाए जस्तो गर' भने जसरी ऋण आफूआफैमा लेनदेन गरिरहेको बताएका छन् ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले डा.भट्टराईको भनाइलाई लक्षित गर्दै बैंकले तोक्ने ब्याजदरमा समितिले हस्तक्षेप गर्न नमिल्ने तर्क राखे । उनले भने, 'हामीले बैंकलाई यति नाफा गर, उती नाफा गर भन्ने हुँदैन । बैंकको सञ्चालन खर्च, तलब, कारोबार सबै हिसाब गरेर स्प्रेडदर तोकिएको हुन्छ । बैंक पनि पालिनुपर्यो नि । नाफा गर्छु भनेरै बैंक खोलिएको हुन्छ ।' उनले हालको स्प्रेडदर पनि न्यून ४.५ प्रतिशत मात्रै रहेकाले खासै ठूलो समस्या नरहेको दाबी गरे ।
पाण्डेले आफ्नो भनाइ खण्डन गरेपछि डा.भट्टराईले भने, 'हामीले गरिब जनताबारे सोच्ने होकी बैंकरको नाफाबारे सोच्ने हो ? बैंकरले कमाउने, गरिब जनता मारमा परोस् भन्ने पनि हुन्छ ?' पूर्व अर्थमन्त्री पाण्डेले झोक्किएर भने, 'डा. साप बैंकले नाफा खानै नपाउने भन्ने त हुँदैन नि ।'
भट्टराईले भने, 'अनि जनताको सुख शान्ति ख्याल गर्नुपर्दैन ?' सभापति कृष्णप्रसाद दहालले विवाद नगर्न आग्रह गर्दै प्रशंग परिवर्तन गरे । त्यसपछि पूर्व अर्थमन्त्री पाण्डे बैठकबाट उठेर हिडे ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया