पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर ९ प्रतिशतभन्दा बढी

इस्लामाबाद, पाकिस्तान- करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ ।
पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड-१९ सङ्क्रमितको दर ९.०६ प्रतिशत रहेको छ ।
‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसीओसी) को तथ्याङ्कअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड-१९ परीक्षण लिइएको थियो ।
पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक सङ्क्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड-१९ सङ्क्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड-१९ सङ्क्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ ।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन् । (एएनआई)

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया