पासपोर्ट बनाउने ७६ प्रतिशतलाई निःशुल्क परामर्श

सिन्धुपाल्चोक : राहदानी बनाउन आएका अधिकांशले सिन्धुपाल्चोकमा सूचना तथा परामर्श सेवा लिने गरेको पाइएको छ । गत आव २०७७/०७८ सालमा मात्रै पासपोर्ट बनाउन आउने ७६ प्रतिशत मानिसले सो निःशुल्क परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारमा जाँदा हुने ठगी तथा अन्य समस्यामा पर्नसक्ने उच्च जोखिम भएका महिला तथा पुरुषलाई यस केन्द्रले आवश्यकता अनुसारको परामर्श दिने गरेको आप्रवासी स्रोत केन्द्रका जिल्ला संयोजक अरुण पौडेलले बताए ।
विशेषगरी वैदेशिक रोजगारी र त्यसमा पनि खाडी मुलुकमा जाने सोच बनाएकाले सूचना तथा परामर्श सेवा लिनका लागि आउने गरेका पौडेलले बताए । आप्रवासी स्रोत केन्द्रसँगै स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौताअनुरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्राप्त भएको सःशर्त बजेट सामी÷हेल्भेटासको प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको चार वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबीसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रत्यक्ष नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको छ । सो परियोजनाले विषेशतः वैदेशिक रोजगारीमा जान चाहने महिला तथा पुरुषलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचनामा, न्यायमा र सीपमा पहुँच अभिवृद्धि गर्ने गरेको जिल्ला संयोजक पौडेलले बताए ।
वैदेशिक रोजगारीका कारण नेपाली समाजमा विभिन्न किसिमका विकृतिजन्य घटना सिर्जना हुन नदिनसमेत सो परियोजनाले कार्य गरिरहेको छ । रासस

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया