ओलम्पिक २०२० : अत्याधिक गर्मीका कारण महिला फुटबल फाइनल हुन सकेन

काठमाडौँ- टोकियोमा तापक्रम निरन्तर उकालो लागेपछि ओलम्पिकको महिलातर्फको फुटबल फाइनल खेल अर्को दिनलाई सरेको छ । क्यानडा र स्विडेनबीचको स्वर्ण पदकको भिडन्त बिहीबार हुने तालिका थियो ।
तर अत्याधिक गर्मीका कारण सो खेल शुक्रबार साँझका लागि सारिएको अन्तर्राष्ट्रिय ओलिम्पक कमिटी (आईओसी)ले जनाएको छ । अब खेल टोकियोमा होइन, योकोहामामा खेलाइनेछ ।
सुरुमा आईओसीले खेल मिति तथा स्थान परिवर्तन गर्न चाहेको थिएन । फाइनल पुगेका दुवै टोलीले खेल सार्न अनुरोध गरे पनि आईओसीले स्वीकार गरेको थिएन । तर बिहीबार भने आईओसी खेल मिति र स्थानमा परिवर्तन गर्न राजी भयो । शुक्रबार तापक्रम घट्ने अनुमान गरिएको छ ।
‘हामी खेलाडीको स्वास्थ्यप्रति सजग छौँ । त्यसकारण खेल मिति र स्थान परिवर्तन गर्न अनुरोध गरेका हौँ । हामीलाई यसै पनि गर्मीमा खेल्न गाह्रो हुन्छ । झन् अहिले त अवस्था निकै खराब छ,’ स्विडिस प्रशिक्षक मारिका डोमानस्की लाइफोर्सले रोयटर्ससँग भनेकी छन् । ओलम्पिकमा अन्य केही प्रतिस्पर्धाको पनि समय र स्थान परिवर्तन गरिएको छ । टेनिस, म्याराथन लगायतका खेलहरु गर्मीकै कारण प्रभावित बनेका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया