भूमि आयोग खारेज गरेको भन्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौँ - भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थीत सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् । उनीहरूले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी पनि दिए । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया