लुकाकु मात्र होइन अन्य धेरै खेलाडी पनि चेल्सी आउन चाहन्छन् : थोमस टुचेल

काठमाडौँ- पछिल्ला दिनमा रोमेलु लुकाकु चेल्सी फर्कने हल्ला चलिरहेको छ । चेल्सीले इन्टर मिलानसमक्ष औपचारिक प्रस्ताव राखि नसकेको भएपनि लुकाकु लन्डन फर्कन तयार रहेको बेलायती अखबारहरूले दाबी गरेका छन् ।
यस्तोमा चेल्सीका प्रशिक्षक थोमस टुचेललाई लुकाकुको स्थान्तरणका बारोमा सोधिएको थियो । जवाफमा टुचेलले भने,‘ लुकाकु मात्र होइन, अन्य धेरै खेलाडी पनि चेल्सीसँग आबद्ध हुन लालायित छन्,’
टुचेललाई यो प्रश्न बुधबार राति चेल्सी र टोटनहमबीचको खेल सकिएपछि सोधिएको थियो । ‘हुन त मैले आफ्नो टिममा नभएका खेलाडीहरूबारे टीप्पणी गर्न उचित हुँदैन । तर यति भन्छु, लुकाकु असाध्यै प्रतिभाशाली खेलाडी हुन् । तर हाल उनी इन्टर मिलानमा छन् । उनको बारेमा धेरै नभनौँ,’ टुचेलले भने ।
जर्मन प्रशिक्षक टुचेलले आफ्नो एकल निर्णयमा चेल्सीमा खेलाडी अनुबन्ध नहुने पनि प्रष्ट पारे । ‘हामीले क्लब प्रशासनसँग कुरा गर्ने हो । खेलाडीबारेमा आफ्नो राय राख्ने हो । निर्णयमा पुग्ने प्रक्रिया हुन्छ । तर के सत्य हो भने धेरै खेलाडी चेल्सी आउन चाहन्छन् । तर ती खेलाडीका बारेमा टीप्पणी गर्न उचित हुँदैन,’ टुचेलले भने ।
गत सिजन चेल्सीमा टुचेलले टिमो बारनर, ट्यामी अब्राहम र काई हार्बट्सलाई स्ट्राइकरका रुपमा उपयोग गरेका थिए । तर यी तीनै खेलाडी दिइएको भूमिकमा सशक्त देखिएनन् । यसकारण चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको हो । र, त्यसै अनुरुप लुकाकु आफ्नो पूरानो क्लबसँग जोडिएका हुन् । झन् ओलिभर जिरुड पनि एसी मिलान लागेपछि चेल्सी कमसेकम एक जना सेन्ट्रल फरवार्ड भित्र्याउनै पर्ने दबाबमा छ ।
के लुकाकुको स्थान्तरण सफल होला त ? यो प्रश्नको उत्तर चेल्सीले इन्टरलाई औपचारिक प्रस्ताव पठाएपछि मात्रै आउनेछ । इन्टर हाल आर्थिक समस्यामा फसेकाले पनि चेल्सी उत्साहित देखिएको छ । केही समयअघि इन्टरले आफ्ना प्रभावशाली फुलब्याक अचरफ हाकिमीलाई बेचिसकेको छ । उता लुकाकु आफैँले पनि चेल्सी फर्कन तयार रहेको सन्देश इन्टरलाई दिइसकेका छन् । त्यसकारण अब ध्यान स्थान्तरण रकममाथिको सहमतितर्फ हुनेछ ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया