सात ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ - सरकारले सात ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखेको हो ।
काठमाडौँको शान्तिनगरस्थित एके एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । पर्वतको कुस्मा नगरपालिकास्थित कालिगंगा निर्माण सेवा, इलामको कण्टा निर्माण सेवा, कैलालीको लाटिनाथ कन्स्ट्रक्सन सेवा, उदयपुरको अम्बा सप्लायर्स, सुनसरीको आविद निर्माण सेवा र काभ्रेको बिक्रम खाद्यस्टोरलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया