सामाजिक सुरक्षा कोषको सुविधा : घर बनाउन ७५ लाख, पढ्नलाई ३५ लाख सापटी पाइने

काठमाडौं : सामाजिक सुरक्षा कोषमा जोडिएका योगदानकर्ताका लागि खुशीको खबर छ । अब योगदानकर्ताले कोषबाट विभिन्न क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम लगानी गर्ने सम्बन्धमा सरकारबाट मंसिर १० मा 'सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७' स्वीकृत गरेको छ । सामाजिक सुरक्षा कोषको रकम परिचालनमा प्रभावकारीता ल्याउन लगानी कार्यविधि तर्जुमा गरी लगानीका विभिन्न क्षेत्रहरु पहिचान गरेको कोषले जानकारी दिएको छ ।
विशेष सुविधाहरु
- घर निर्माण, खरिद, हाउजिङ किन्न वा घरको तल्ला थप्न ७५ लाख रुपैयाँसम्म सापटी
- परिवारको उच्च शिक्षाको लागि ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी
- सामाजिक कार्यको लागि ५ लाख रुपैयाँसम्म
कार्यविधिअनुसार श्रमिकको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै योगदानकर्ता सापटी सेवाको व्यवस्था छ । यसअन्तर्गत योगदान रकमको आधारमा वित्तीय आवश्यकता पुरा गर्न योगदानकर्ता विशेष सापटी ल्याएको छ । आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी दिने व्यवस्था गरेको छ ।
मानव पूँजी निर्माणमा सहयोग पुर्याउन योगदानकर्ता शैक्षिक सापटी लिन पाइनेछ । श्रमिकको भइपरि आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्न सक्ने व्यवस्था समेत छ । त्यस्तै परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह-वित्तीयकरण कर्जा छन् ।
त्यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरी लगानीका क्षेत्रहरु पहिचान गरिएका छन् ।
समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटीमा धितोमा आधारीत भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्नको लागि ७५ लाख रुपैयाँ दिने भएको छ ।
त्यसबाहेक १५ वर्षको तलव रकम जुन कम हुन्छ सोही बराबर घर सापटी समेत दिनेछ । धितोमा नै आधारीत रहेर योगदानकर्ता आफैं वा आफ्नो पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी ३५ लाख रुपैयाँसम्म दिने भएको छ । योगदानकर्ताले भइपरि आउने सामाजिक कार्यको लागि ५ लाख रुपैयाँसम्मको सामाजिक कार्य सापटी कोषबाट प्राप्त गर्न सकिने उल्लेख छ ।
तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागु हुनेछ । योगदानकर्ता विशेष सापटी बाहेक अन्य सबै सापटीको कूल योग १ करोड रुपैयाँ छ । त्यसबाहेक १५ वर्षको तलव बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने उल्लेख छ । सापटीका निम्ति कोषमा कम्तिमा ३ वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले गरेको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया