दार्चुला पुग्यो छानबिन समिति, संयोजक भन्छन् : कसैको डर छैन नजिकबाट अनुसन्धान गर्छौं

दार्चुला - व्यास गाउँपालिका–२ मालघाट घटनाको पारदर्शी रुपले छानबिन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जर्नादन गौतमले बताएका छन् ।
काठमाडौँबाट मंगलबार साँझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरूसँग घट्नाको विषयमा छलफल गरेको छ । छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटनास्थल जानु पूर्व मन्त्रालयको टोलीले जिल्लास्थित पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा समितिका संयोजक गौतमले माल घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान व्यास गाउँपालिका–२ मालघाट घटनाका तीनजना प्रत्यक्षदर्शीलाई सोधपुछ गरेको छ । उक्त घटनाका प्रत्यक्षदर्शी कल्याण सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारेमा सोधपुछ गरेको हो ।
प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घटनासँग सम्बन्धित प्रमाणहरू संकलन तथा विश्लेषण गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने उनले बताए । ‘जागिरको उत्तरार्धमा छौं कसैको डरत्रास छैन्, छानबिनलाई निकै पारदर्शी र निष्पक्ष बनाउछौ’ संयोजक गौतमले भने ।
अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरू छानबिन समितिमा रहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर आउनेमा विश्वास पनि व्यक्त गरे । छलफलका क्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण सिंह धामीले घटनाको कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) भएको बताए ।
प्रत्यक्षदर्शी र स्थानीयको भनाइका आधारमा सबै जसो मिडियाहरूमा समाचार सम्प्रेषण भएको पनि उनले बताए । पत्रकार तथा मानव अधिकारकर्मी नरेन्द्र सिंह कार्कीले जनताले बोलेका कुरा मिडियामा लेखेको दाबी गर्दै प्रशासनले समाचार प्रति निकालेको विज्ञप्तिको कुनै अर्थ नहुने बताए । उनले प्रहरी प्रशासनले प्रत्यक्षदर्शीलाई अपराधी सरह राखेको भन्दै उनीहरूको मानव अधिकार र सुरक्षाप्रतिको जिम्मा सरकारले लिनुपर्ने बताए ।
व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । साउन १५ गते शुक्रबार बिहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया