बुधबार काठमाडौँमा मात्रै ९०८ संक्रमित थपिए, उपत्यकामा १ हजार २७९

काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा १ हजार २७९ जनामा कोभिड-१९ को संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ९०८, भक्तपुरमा १६५ र ललितपुरमा २०६ जनामा कोभिड पुष्टि भएको हो ।
काठमाडौँमा सक्रिय संक्रमित ६ हजार ८०७ जना छन् । संक्रमणमुक्त दुई लाख १० हजार ७२२, मृत्यु १ हजार ९७४ र कुल संक्रमित २ लाख १९ हजार ५०३ छ । भक्तपुरमा सक्रिय संक्रमित १ हजार २४३, संक्रमणमुक्त २३ हजार १२५, मृत्यु ३९४ र कुल संक्रमित २४ हजार ७६२ छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १ हजार ६४७, संक्रमणमुक्त ३९ हजार ४२१, मृत्यु ५९९ र कुल संक्रमित ४१ हजार ६६७ जना छन् ।
मंगलबार उपत्यकामा ९०४ जनामा संक्रमण देखिएको थियो । काठमाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा देखिएको थियो ।
आज देशभर ४ हजार १०७ मा कोभिड संक्रमण पुष्टि भएको छ । कूल १६ हजार २९८ जनाको परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया