सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

थप ४ हजार १०७ जनामा कोभिड संक्रमण, ३५ जनाको मृत्‍यु

काठमाडौँ - बुधबार थप ४ हजार १०७ मा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल १६ हजार २९८ जनाको परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज थप ३५ जनाको कोभिडका कारण ज्यान गएको छ । आज थप १ हजार ५३५ जना संक्रमणमुक्‍त भएका छन् ।