सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

वीपी प्रतिष्ठानका चार पदाधिकारीले राजीनामा निदएसम्म विरोधको कार्यक्रम जारी रहने

फाइल तस्बिर

काठमाडौँ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका चार ‍पदाधिकारीले राजीनामा नदिएसम्म स्वास्थ्यकर्मी तथा कर्मचारीले विरोधका कार्यक्रम जारी राख्‍ने भएका छन् । पदाधिकारीको कार्यकक्षमा तालाबन्दीको कामलाई निरन्तरता दिने वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान, शुद्धिकरण अभियान-२०७८ संयुक्त समिति संघर्ष समितिका सदस्य डा.अमृत जैशीले इकागजलाई बताए ।

चारै जना पदाधिकारीको सवारीसाधनको चाबी पनि फिर्ता नदिने डा. जैशीले बताए । उनका अनुसार हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म प्रदर्शन हुनेछ ।