'एउटै घटनाबाट सरकारको परालको खुट्टो उदाङ्गो भयो'
काठमाडौँ - राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले सरकारले खुट्टा कमाएको बताए । दार्चुलामा घटेको एउटै घटनाले सरकारको परालको खुट्टो उदाङ्गो भएको टिप्पणी
गरे ।
‘दार्चुलामा तुइनमा यात्रा पर्दा दुखद घटना घट्यो । एसएसबीका जवानले तार काटिँदिँदा एक जना बेपत्ता भए,’ उनले भने, ‘अहिलेसम्म न सास न लास(शव)को पत्तो छ । परामादेश सरकारले खुट्टा किन कमाएको हो ? देखि जान्ने साथीहरूले यो कुरा भनिरहेको छन् । भारतीय एसएसबीले तार काटिँदिएपछि उनी नदीमा बेपत्ता भएका हुन् । प्रधानमन्त्री देउवाले समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन ? एसएसबीको जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन ? तर, सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन । एउटै घटनाबाट सरकारको परालको खुट्टो उदाङ्गो भयो ।'

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया