ब्राउन सुगरसहित एक जना झापाबाट पक्राउ

झापा : झापाबाट प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका १ गौरादह बजारका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।
मंगलबार दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए ।
जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको हो । सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया