पहिलो टी-ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई हरायो
काठमाडौँ : अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ । मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि शकिब अल हसनले सर्वाधिक ३६ रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो ।
अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए । अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया