नेता नेपालले बुधबार बोलाए केन्द्रीय सदस्यहरूको बैठक

काठमाडौँ - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ समूहले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा नेता नेपालले बैठक बोलाएको एक नेताले जानकारी दिए ।
नेता नेपालले पार्टी एकता र सरकारलगायतका विषयमा छलफल गर्न गर्न भन्दै बैठकमा निमन्त्रण गरेका नेपालको सचिवालयले जानकारी दिएको छ ।
सत्ता गठबन्धनमा रहेका नेता नेपालको समूहलाई सत्तारुढ दलका शीर्ष नेताहरूले सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । तर नेता नेपाल भने सरकारमा सहभागी भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै त्यसबारे निर्णय गर्न दबाब परिरहेको छ । आफू दबाबमा परेका बेला नेता नेपालले केन्द्रीय सदस्यहरूको धारणा बुझ्न बैठक बोलाएका सचिवालयले जनाएको छ ।
सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूको छलफलमा नेता नेपालले सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया