न्यूजिल्याण्डको सत्ताधारी लेबर पार्टीलाई अत्यधिक बहुमत आउने निश्चित

न्यूजिल्याण्ड : निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ ।
खसेको मतको करिब ९८ प्रतिशत मत गणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हाँसिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हाँसिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा आफ्नो दलको विजय भएपछि प्रतिक्रिया दिँदै आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् । उनले मतदाताको अपेक्षा र आफ्नो दलको घोषणापत्र अनुसार भोलि देखि नै नया कामको सुरुवात गर्ने बताए ।
त्यसैगरी नेशनल पार्टीका नेता जुडिथ कोलिन्सले आफ्नो दलको पराजय स्वीकार गरेका छन् । उनले आफ्नो दलले विपक्षी पार्टीको रूपमा सशक्त प्रतिपक्षिका रूपमा सरकारलाई राम्रो कामका लागि दवाव दिने बताउनुभयो । कोलिन्सले आफ्नो दलले पराजयबाट शिक्षा लिँदै थप सशक्त, अनुशासित र जनतासँग थप जोडिएर काम गर्ने बताए ।
न्यूजिल्याण्डवासीले शनिबार सम्पन्न आम निर्वाचन तथा जनमतसङ्ग्रहका लागि मतदान गरेका हुन् । निर्वाचन अकल्याण्डमा देखिएको कोभिडऔ१९ सङ्क्रमणको कारण एक महिना ढिलो गरी सम्पन्न भएको छ ।
इच्छामरण र गाँजा खेतीबारे जनमतसङग्रहको प्रारम्भिक नतिजा अक्टोबर ३० र अन्तिम नतिजा नोभेम्बर ६ मा सार्वजनिक हुने आयोगले जनाएको छ । (सिन्ह्वा)

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यवाद …
भारतीय अदालतद्वारा पूर्व सांसद र घातक बम विस्फोटको आरोपमा अन्य ६ जनालाई सफाइ
रुसी हमलामा किभमा ६ जनाको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_Shj3Ksbcda_xahmgz52a2q1id3u10tjr7yvgla7sefmnmpjsdkwzlflrtigiq9l14f5rxs7.jpg)
अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि...

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

प्रतिक्रिया