पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । सन् २००२ मा १५ वर्षको हुँदा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेर अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका पारसले मंगलबार सामाजिक सञ्जालबाट सन्न्यासको घोषणा गरेका हुन् ।
'अन्तर्राष्ट्रिय क्रिकेटका रुपमा मेराे यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरा सपना भने अझै बामे सर्दै छन्' खड्काले लेखेका छन् ।
पारसले यसअघि नै कप्तानी छाडेका थिए । उनी पछिल्लो समय नेपाली क्रिकेट टोलीका सदस्य मात्रै थिए । पारसकै कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेलेको थियो । उनी नेपालबाट टी–ट्वान्टी क्रिकेटमा अन्तराष्ट्रिय शतक बनाउने पहिलो नेपाली क्रिकेटर समेत हुन् ।
पारसको कप्तानीमा नेपालले घरेलु र अन्तराष्ट्रिय क्रिकेटमा धेरै सफलता पाएको थियो । झण्डै दुई दशक अन्तराष्ट्रिय क्रिकेट खेलेका पारसले मंगलबार अचानक सन्न्यासको घोषणा गरेका हुन् । यद्यपी उनले घरेलु क्रिकेटमा निरन्तर खेलिरहने बताएका छन् ।
'नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो' खड्काले लेखेका छन् '२००२ मा १५ वर्ष हुँदा मैले गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु ।'
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया