हुम्लामा पहिलोपटक स्थानीयबाटै फुटबल प्रशिक्षण सुरु

हुम्ला : हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ । स्थानीय प्रशिक्षकबाट हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको हो । सधै बाहिरको प्रशिक्षक ल्याउन आर्थिक तथा प्राविधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । अहिले बालबालिकालाई पनि फुटबल प्रशिक्षण दिन थालिएको छ ।
एक हप्ताका लागि ६ जना पुर्व फुटबल खेलाडी समेत रहेका व्यक्तिहरु सहभागी गराएर फुटबल प्रशिक्षक प्रशिक्षण कार्य सुरु भएको हो । हुम्ला फुटबल एकेडेमीको आयोजनामा सुरु भएको सो कार्यक्रममा चार जनाको सहभागिता रहेको छ ।
यसरी फुटबल प्रशिक्षकका लागि प्रशिक्षण तालिम पहिलो पटक सञ्चालन भएको हो । एकेडेमीका अध्यक्ष बिष्णुबहादुर रावतका अनुसार खेलाडीको फुटबल खेल विकासका लागि स्थानीय प्रशिक्षक आवश्यक पर्ने र सो व्यवस्थाका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
स्थानीय प्रशिक्षक उत्पादन भए बाह्रै महिना फुटबलको प्रशिक्षण गर्न सहज हुने उनले बताए । उनीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत दिइनेछ । यसका लागि प्रशिक्षण दिन फिफाबाट लाइसेन्स प्राप्त प्रशिक्षक मदन बुढ्थापा जिल्लामा आएर सहजिकरण गरि रहेका छन् ।
त्यो संगै बिहान बेलुकाको समयमा साना ठुला खेलाडीका लागि उनले प्रशिक्षण दिने काम पनि गरि रहेका छन् । प्रशिक्षक बुढथापाले प्रशिक्षणमा भाग लिएका खेलाडीको स्तर हेर्दा सकारात्मक देखिएको पहिलो दिनको खेलाडीको गतिविधि हेर्दा संकेत राम्रो मिलेको बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया