सतर्कता केन्द्रले थाल्यो लुम्बिनी विकास कोषको अनियमिततासम्बन्धी छानबिन

काठमाडौँ - राष्ट्रिय सतर्कता केन्द्रले लुम्बिनी विकास कोषमा भएका विभिन्न आर्थिक अनियमितासम्बन्धी परेको उजुरी उपर छानबिन थालेको छ । केन्द्रले कोषका पदाधिकारीहरुलाई कार्यालयमै झिकाई अनियमितताका सन्दर्भमा परेका उजुरीमाथि छानबिन थालेको केन्द्रकी उपसचिव अमिता बज्राचार्यले जानकारी दिइन् ।
बज्राचार्यका अनुसार कोषको कर्मचारी नियुक्ति, पूर्वाधार निर्माणको टेण्डर, मायादेवी मन्दिर, सारस आरक्षण केन्द्र निर्माण, पाँच हजार क्षमताको हल आदि निर्माणमा भएका अनियमितता र कोषको माटो बिक्रीमा भएको हिनामिनासम्बन्धीमा केन्द्रले छानबिन गरेको हो ।
‘कोषबारे उठाइएका विषयवस्तुको सन्दर्भमा लिखित रुपमा राय प्रतिक्रिया माग गर्ने केन्द्रले निर्णय गरेको छ,’ बज्राचार्यले सोमबार इकागजसँग भनिन्, ‘यसका साथै उजुरीसँग सम्बन्धित कागजपत्र १५ दिनभित्र दिनुपर्ने निर्णय पनि भएको छ ।’ कोषले कागजात उपलब्ध गराएपछि केन्द्रले अनुसन्धान गर्नेछ ।
हिजो आइतबार केन्द्रले कोषका सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र योजना प्रमुख सरोज भट्टराईलाई केन्द्रको कार्यालय सिंहदरबारमै बोलाएर छलफल गरेको थियो ।
बैठकमा केन्द्र प्रमुख दिनेशकुमार घिमिरे, सहसचिवद्वय प्रल्हादप्रसाद सापकोटा र ज्ञानराज सुवेदी, प्रहरी नायव महानिरीक्षक (डीआइजी) कमलप्रसाद अधिकारी, उपसचिव अमिता बज्राचार्य र शाखा अधिकृत हरिमाया पौडेल उपस्थित थिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया