दशैँको मुखमा मुग्लान पस्न तछाडमछाड

धनगढी : चैत ११ गतेदेखि जारी भएको लकडाउनसँगै नेपाल-भारत सीमा नाका पनि बन्द भएका थिए । महाकालीपारि हजारौं नेपाली स्वदेश फर्किन नपाएर अलपत्र थिए ।
चैत तेस्रो सातामा भारतको पिथौरागढस्थित पञ्चाचुली हिमाली क्षेत्रमा सडक निर्माणमा काम गर्दै आएका बैतडीका लोकेन्द्र बोहराले जम्मभूमि फर्कन महाकाली नदीमा हाम फाले । मंसिर मध्यतिर गाउँका १५ जनासँगै सडक खन्न पञ्चाचुली पुग्दा लोकेन्द्रले कहिले पनि सोचेका थिएनन्, देश फर्कन ज्यानको बाजी लगाएर महाकालीमा हामफाल्नु पर्नेछ भनेर । तर भयो त्यस्तै । बैतडीको डिलासैनी गाउँपालिका-७ धामीगाउँका २१ वर्षीय अमरसिंह धामीले पनि स्वदेश फर्किने अनुमती नपाएपछि महाकाली नदीमा हाम फाले । बोहरा र धामी मात्रै होइन्, नाका बन्द भएपछि तीन सय बढि नेपाली महाकालीमा पौडी खेल्दै स्वदेश पुगे ।
६ महिना अगाडि स्वदेश फर्किन महाकालीमा हाम फालेकाहरु अहिले फेरि मुगलान पस्न नाकामा तछाडमछाड गर्दैछन् । चार महिना अगाडि भारतमा दैनिक संक्रमण सयको हाराहारी थियो भने अहिले दैनिक कोभिड-१९ संक्रमण लाखको हाराहारी छ । तर भारत जानेहरुलाई रोगको डर छैन्, जति भोकको डर छ । रोगको डरले भारतबाटै बझाङ फर्किएका प्रयाग कोईरालाले गाउँमा बसेर छाक टार्न मुस्किल भएपछि भारत जान लागेको बताए । ‘स्वदेशमा बसेर छाक टार्नै मुस्किल भयो । रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढ्यो,’ उनले भने, ‘पेट पाल्नकै लागि भए पनि जानु पर्ने अर्काको देश नै हो । त्यसैले भारत गइरहेको छु ।’ कोरोनाकै प्रभावकाबीच गत असारमा घर फर्किएका उनी त्रिनगर-गौरीफन्टा नाका भएर भारत पसेका हुन् ।
विगतमा दशैँका लागि पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । वर्षभरी मुगलानमा पसिना बगाएका नेपालीहरु दशगजामा पुग्दा दंग हुन्थे । तर अहिले ति सुदूरपश्चिमवासीका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको हो । नेपालीको महाड चाड दशैं आउन १० दिन मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेको डोटीका हरिश मल्लले भने, ‘दशैं नजिकै आउदै गरेको भए पनि दैनिकी चलाउनै मुस्कील हुन लागेपछि भारत गइरहेको छु । स्थानीय र प्रदेश सरकारले रोजगारी दिन्छ कि भन्ने आश थियो । तर निराशामा परिणत भयो ।’
असोज महिनाभर स्वदेश फर्किनको संख्या भन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या दुई गुणा बढि थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले गौरीफन्टा नाका भएर असोज महिनामा ११ हजार नौ सय ५२ जना स्वदेश फर्किएको जानकारी दिए । उनका अनुसार सो अवधिमा रोजगारीका लागि २१ हजार चार सय ८५ जना नेपाली भारत पसेका छन् ।
८० हजारको इच्छापत्र, ५ हजारलाई रोजगार बनाउने योजना
छाक टार्न मुस्किल भएपछि हजारौँ युवा भारत गइरहेकोमा सुदूरपश्चिम प्रदेश सरकारले कोभिड-१९ महामारीले प्रभावितमध्ये पाँच हजार जनालाई तत्काल स्वरोजगार बनाउन कार्यक्रम अगाडि बढाएको जनाएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अगाडि बढाएको हो ।
संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका लागि कृषि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमबाट युवाहरुलाई व्यवसायीक कृषि तर्फ आकर्षण गर्नका लागि इच्छापत्र संकलन गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल बोहराले बताए । ‘प्रदेशका नौ वटै जिल्लाबाट इच्छापत्र संकलनको गरेका थियौँ । झण्डै ८० हजारले इच्छापत्र बुझाएका छन्,’ उनले भने, ‘कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रहरुबाट सञ्चालन हुने गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।’ नौ वटै जिल्लाबाट संकलन भएका इच्छापत्रमध्ये पाँच हजार छनोट गरि अनुदान वितरण गरिने छ ।
व्यवसायीक रुपमा कृषि पेशा गरी अरुलाई पनि रोजगारी दिन सक्नेहरुलाई अनुदान उपलब्ध गराईने मन्त्रायले जनाएको छ । सुरुवातमा ५० हजारदेखि एक लाखसम्म अनुदान दिइने भनिएको छ । मन्त्रालयको सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पन्छिपालन, नर्सरी तथा पुष्प व्यवसाय गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई अनुदान प्रदान गरिनेछ । कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_WpaQoc8gJz_boet7kbel5tbtgt0iiqm3fv2wsypjrwjcuym2eu5zecubgf6ug5sxcbpkdpp.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

प्रतिक्रिया