चीनमा बढ्न थाले कोभिड सङ्क्रमित

काठमाडौँ - चीनमा कोभिड भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोभिड भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरू भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोभिड भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।
चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरू आइरहेका ती अधिकारीहरूले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ ।
सोही कारणले चीनले पछिल्लो समयमा कोभिडको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोभिड निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरूमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन् । देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा सङ्क्रमितहरू देखिन थालेपछि ती क्षेत्रहरूमा निको भएका बिरामीहरूमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरूले ध्यान दिन थालेका छन् । उनीहरूको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ । रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया