लुम्बिनीमा सत्ता संकट: विपक्षी गठबन्धन समावेदन दर्ता गर्दै

बुटवल - लुम्बिनी प्रदेशमा सत्ता संकट थप चुलिँदै छ । सरकारमा सामेल ३ जना मन्त्री प्रदेश सभा सदस्यबाट पदमुक्त भएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारलाई एकपछि अर्को चुनौती थपिएको हो ।
प्रदेश प्रमुख पनि विपक्षी गठबन्धन अनुकूल आएपछि मुख्यमन्त्री पोख्रेल थप झस्किएका छन् । संसद छलेर अध्यादेशबाट बजेट ल्याएका मुख्यमन्त्रीलाई फेरि सदन 'फेस' गर्पनुर्ने अवस्था देखिएको छ । किनकि विपक्षी सांसदहरू सशरीर प्रदेश प्रमुख अमिक शेरचन कहाँ पुगेर आजै संसद बैठकका लागि समावेदन गर्दैछन् । अल्पमतको सरकार सदन छाडेर भागेकोले समावेदनमार्फत बैठक बोलाउने नेपाली कांग्रेसका सासद डिल्ली चौधरीले बताए ।
'बहुमत गुमाएर पनि सत्तामा बस्ने तर सदनमा नआउने अवस्था भएपछि समावेदनको विकल्प भएन,' उनले भने, 'समावेदनमार्फत विशेष बैठकका लागि सदनमा यसअघि नै दर्ता भएको अविस्वासको प्रस्ताव अधि बढाइने छ ।'
यो विषयमा प्रदेश प्रमुखले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले पदभार ग्रहणकै क्रममा प्रदेशमा कानुनी शासन लागू गर्न आफू लागि पर्ने बताएका थिए ।
यता सत्तारुढदलले अविस्वासको प्रस्तावको कानुनी चित्य नभएको बताउदै आएको छ । तर सरकारले कुनै समयमा विश्वासको मत लिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।
यस्तो अवस्थामा लुम्बिनीमा थप संकट निम्तिने देखिन्छ । दोस्रो पटक मुख्यमन्त्री हुँदाका शंकर पोख्रेलका सासदहरू घटेकोले उनी अल्पमतमा देखिएका छन् । तर उनले प्रदेश सभामा ५ जना सांसदको मुद्दा सर्वोच्चमा रहेकोले त्यसको छिनोफानो हुनुपर्ने बताएका छन् ।
जसपाबाट कारबाहीमा परेका ३ जना र माओवादीबाट कारबाहीमा परेका २ जना सांसदले वहालीको माग गर्दै अदालतमा पुगेका छन् । उनीहरूलाई छोड्दा अहिले प्रदेश सभामा ८० जना सासद कायम छन् । जसमध्ये मुख्यमन्त्रीको पक्षमा ३८ जना मात्र छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया