९ दिनअघि मृत शिशुको जन्म, आज आमाको मृत्यु

सुर्खेत - सुर्खेतको गुर्भाकोटमा २१ वर्षीया एक सुत्केरीको ज्यान गएको छ । गुर्भाकोट नगरपालिका–४ की विनिता विकको प्रसूतिसम्बन्धी जटिलताका कारण शनिबार ज्यान गएको हो । सुत्केरी बेथा लागेपछि विनिताको परिवारले स्वास्थ्यचौकी लगेको थियो ।
त्यहाँबाट उनलाई कर्णाली प्रदेश अस्पताल रेफर गरियो । प्रदेश अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन् । बच्चा जन्मिएको नौ दिनपछि विनिताको पनि ज्यान गएको गुर्भाकोटका स्थानीय किरण वलीले जानकारी दिए ।
विनिताको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण वलीले समन्वय गरेर आर्थिक सहयोग जुटाएका छन् । ‘मृतकपरिवारको आर्थिक अवस्था दयनीय भएका कारण हामीले सहयोगका लागि गाउँमा आर्थिक संकलन गरिदिएका छौँ,’ उनले भने, ‘परिवारमा दाहसंस्कार र अन्य कर्म गर्नको लागि समेत समस्या भएकाले आर्थिक संकलन गरी परिवारलाई बुझाएका ्छौँ । ‘आज १२ हजार रुपैयाँ बुझाएका छौ ।’ आर्थिक अवस्था कमजोर भएका कारण मृतकका परिवारलाई सहयोग गर्दै स्थानीय किरण वलीसहित स्थानीय ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया