कोभिड–१९ खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनूू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ - स्वास्थ्य मन्त्रालयले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न गराउन सम्बद्ध निकायहरूलाई आज आइतबार निर्देश गरेको छ । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई खो प्रमाणपत्र जारी गर्ने सबन्धमा पत्राचार गरेका हुन् ।
वैदेशिक राजगारी तथा अनय कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र निःशुल्क जारी गर्न गत साउन ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तर) को निर्णय भएको थियो । उक्त निर्णयअनुसार खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन भए पनि केही अस्पतालहरूबाट शुल्क लिएको जनगुनासो प्राप्त भएकोले पुनः पत्राचार गरेको हो ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया