वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौँ - विभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा तनाव उत्पन्न भएको छ । आइतबार अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग छलफल गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीले आरोप लगाएका छन् ।
प्रहरीले लाठीचार्ज गरेर केही स्वास्थ्य कर्मी र कर्मचारी घाइते बनाएको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुमराज आचार्यले बताए । अस्पतालको सेवामा कुनै सुधार नभएको , आफूहरूले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै उनीहरू आन्दोलित भएका थिए । प्रशासकीय अधिकृत र प्रहरीले माफी नमागेसम्म आफूहरूको प्रदर्शन नरोकिने आचार्यले बताए ।
स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरूले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले दाबी गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया