नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं : नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)का विजेतालाई आइतबार ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वैशाख २४ देखि २८ सम्म चलेको फेस्टिभलमा नेपाल पनोरमा तर्फका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।
महामारीका कारण भर्चुअल रूपमा आयोजना गरिएका कारण आयोजकले पछि कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गर्ने जनाएको थियो ।
महोत्सवमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भएको थियो भने निर्देशनतर्फको अवार्ड पनि यही फिल्मले जितेको थियो ।
विजेता भएसँगै यो फिल्मले एक लाख नगद जितेको थियो । अभिनेतातर्फ पुरुष र महिला दुवैतर्फको अवार्ड ‘लाटकोसेरो’ले जितेको थियो । फिल्मबाट नविन शिल्पकार र सरिता गिरीले पुरस्कार जितेका थिए । निर्देशक शिरिस गुरुङ आफैंले छायांकन गरेको यो फिल्मले छायांकनको विधाको पनि अवार्ड जितेको थियो । फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोको पोल्टामा परेको थियो ।
निफले महामारीलाई लक्ष्य गर्दै यो सालबाट महामारीको वरिपरि रहेर बनाइएको फिल्मलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको थियो । थपिएको यो विधामा गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भएको छ । यो अवार्डको पुरस्कार राशि ५ सय डलर रहेको थियो ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले निफमा नेपाली फिल्ममेकरलाई पनि फिल्म सहभागी गराउन आह्वान गरे । ‘नजिकको तिर्थ हेला भने जस्तो महसुस भएको छ । हामीले नै यो निफलाई पनि कान्स वा बर्लिन बनाउन सक्ने । हामीले यस्ता अवार्डलाई होस्टेमा हैंसे गर्यौँ भने मात्र यसले अन्तर्राष्ट्रिय मान्यता पाउने हो,’ उनले भने, ‘म सम्पूर्ण फिल्ममेकर साथीलाई यस्ता फेस्टिभलमा सहभागिताका लागि अनुरोध गर्छु ।’ उनले बोर्ड आफैंले पनि अन्तर्राष्ट्रियस्तरको अवार्ड गर्ने योजना बनाइरहेको भए पनि निफजस्ता अवार्ड ज्यादाभन्दा ज्यादा हुनुपर्ने धारणा राखेका थिए ।
यसैगरी आयोजक नेपाल फिल्म एन्ड एकेडेमीका अध्यक्ष केपी पाठकले ५ औं संस्करणका लागि आवेदन खुल्ला गरेको जनाउँदै ७५ भन्दा ज्यादा फिल्म फिल्म फ्रिवेमार्फत सहभागी भइरहेको जानकारी गराएका थिए । जुलाई १ बाट सुरु भएको आवेदन डिसेम्बर २५ मा सुचारु रहने उनले जनाए । उनले विदेशी फिल्ममेकरलाई भने कुरियरमार्फत अवार्ड र प्रमाणपत्र पठाउने तयारी गरेको पनि जानकारी गराएका थिए ।
महोत्सवमा तुलसी घिमिरे फिचर फिल्मतर्फर्का वल्र्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका फिल्मका निर्णायक थिए भने छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी निर्वाह गरेका थिए ।
लघु फिल्मतर्फ राजभाइ सुवालले अन्य विदेशी फिल्ममेकरसँगै निर्णायकको जिम्मेवारी निर्वाह गरेका थिए । यही विधामा निर्णय गर्न छिरिङलाई इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेनले सघाएका थिए । महोत्सव अवधिभर फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा नेपाली सिनेमासम्बन्धी विषयमा छलफल चलाइएको थियो ।

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

प्रतिक्रिया