किसानलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंक र खल्तीबीच सहकार्य

काठमाडौँ - नबिल बैंक र डीभी एक्सिलस (खल्ती एप)बिच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानको लागि कृषि साधन, रसायन, मशीनरी लगायतका सामग्री खरीद गर्नका लागी सहज वित्तिय पहुँचको प्रदान गर्न सहकार्य भएको छ ।
किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न बैंक र एक्सिलसबीच सहकार्य भएको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एक्सिलसका निर्देशक देवेश प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साझेदारीको बारेमा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डी.भी एक्सिलसस‘ग भएको सहकार्यद्वारा कृषकको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरेर उत्पादन क्षमता वृद्धि देशको आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास राखेका छन् ।
त्यस्तै, डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले पनि “यस सहकार्य को माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो खल्ती एपको माध्यमबाट नेपाली किसानलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए । सहकार्य अन्तर्गत खल्ती एपकै माध्यमबाट कृषकलाई डिजिटल कर्जा प्रदान गरिने भएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया